7.1 C
Kathmandu
Friday, January 23, 2026
spot_img

चेपाङ बस्तीमा क्याप्टेन श्रेष्ठको नेतृत्वमा राहत सामग्रि

काठमाडौं । यती एयरलाइन्सका सिनियर क्याप्टेन रमेश श्रेष्ठ सहित विभिन्न एयरलाइन्सका पाइलटहरुको समुहले चेपाङ बस्तीमा पुगेर राहत वितरण गरेको छ ।
कोभिड १९ को संक्रमण र यसको रोकथामका लागि गरिएको लकडाउनका कारण दैनिक कामकाज ठप्प भई कष्टपुर्ण जिवनयापन गर्न बाध्य व्यक्ति तथा परिवारको सहारा बन्दै औषधि, मास्क, सेनिटाइजर, खाद्यान्न लगायतको राहत वितरण कार्यमा सक्रिय ढंगले लागिपरेका हुन् ।

यस्तै, गरिबि, बेरोजगार, अशिक्षा, अज्ञानता र अभावका बिच गुज्रिरहेको चेपाङ्ग, मिजार लगायतका समुदायलाई लक्षित गर्दै सो समुहले बुधबार धादिङ्गको बेनिघाट रोराङ गाउँपालिकामा १ सय २० भन्दा बढि परिवारलाई विभिन्न अत्यावश्यक औषधि, स्वास्थ्य सामाग्री एवम् खाद्यान्न वितरण गरेको छ ।

उहाँहरुकै सक्रियतामा बेलायतमा बस्दै आएका मधु गुरुङ, जशु मुसेन्स र पोखरा निवासी बसुधा घोथाने लगायत अन्य देश विदेशका सहयोगी व्यक्तिहरुबाट प्राप्त सहयोग मार्फत धादिङ्गमा बुधबार करिब ३ लाख बराबरको अत्यावश्यक सामाग्री वितरण गरेको हो । सो समुहले दुःखमा परेकालाई जानकारी दिन र सहयोग गर्न चाहानेलाई आह्वान पनि गरेको छ ।

काठमाडौँ उपत्यका र आसपासका विभिन्न ठाउँमा दुःख र पिडामा परेका मानिसहरुलाई निरन्तर सहयोग पुर्याइरहेको क्याप्टेन रमेश श्रेष्ठको समुह उपत्यका बाहिर समेत अप्ठ्यारो र कष्टमा परेका व्यक्ति तथा परिवारका लागि सहारा बनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स