26.1 C
Kathmandu
Wednesday, May 13, 2026
spot_img

४.०० GPA सहित काठमाडौं यूरो स्कुलको ऐतिहासिक सफलता

काठमाडौं । टोखा–८ गोंगबु–बानियाँटारस्थित काठमाडौं यूरो स्कुलले SEE 2082 मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले १०० प्रतिशत A+ नतिजासहित ३.८९ औसत GPA कायम गरेको जनाएको छ।

विद्यालयका अनुसार एक जना विद्यार्थीले ४.०० GPA प्राप्त गरेका छन् भने पाँच जनाले ३.९५ GPA हासिल गरेका छन्। त्यसैगरी, अन्य विद्यार्थीहरूले पनि उच्च GPA ल्याउँदै विद्यालयलाई काठमाडौं उपत्यकाकै उत्कृष्ट नतिजामध्ये एक दिलाएका छन्।

विद्यालय प्रशासनले यो सफलता विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको संयुक्त मेहनत र समर्पणको परिणाम भएको जनाएको छ। विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थी केन्द्रित सिकाइलाई प्राथमिकता दिँदै आएको बताइएको छ।

४.०० GPA ल्याउने विद्यार्थी इच्छा गुप्ताले विद्यालय, शिक्षक र अभिभावकको सहयोगकै कारण सफलता सम्भव भएको बताएकी छन्। विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रमोद पाण्डेले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विद्यालयले सार्वजनिक गरेको सन्देशमा सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकप्रति धन्यवाद व्यक्त गर्दै “Together, We Shine!” उल्लेख गरेको छ।

प्रतिक्रिया

हेडलाइन्स