13.1 C
Kathmandu
Monday, February 9, 2026
spot_img

विद्यालय भवन भत्किँदा ९ जना विद्यार्थी घाइते

जाजरकोट । जाजरकोटमा विद्यालयको भवन भत्किँदा ९ जना विद्यार्थी घाइते भएका छन्। बारेकोट गाउँपालिका–२ लिम्साको वीरेन्द्र प्राथमिक विद्यालयको भवन भत्किँदा विद्यार्थी घाइते भएका हुन्। बालविकास कक्षा सञ्चालन हुँदै आएको विद्यालयमा आज शक्रुबार भवन भत्किएको थियो

बालविकास कक्षा सञ्चालन हुँदै आएको भवनको भित्ता शुक्रबार दिउँसो पढाइरहेको अवस्थामा एक्कासी भत्किएपछि भागदौडको क्रममा विद्यार्थी घाइते भएको शिक्षक कालीप्रसाद थापाले बताउनुभयो।

कोठाको भित्ता भत्किएपछि बालकक्षामा अध्ययनरत हिम्मत सिंह, स्मृति शाही, दिप्सन नेपाली, विजया शाही, अतिथ नेपाली, अनिशा शाही लगायतका नौ जना विद्यार्थी घाइते भएका छन्।

उनीहरुको आधारभूत अस्पताल लिम्सामा उपचार भैरहेको छ। घाइते मध्ये ५ जना सामान्य रहेको र ४ जना गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए। तत्काल अन्य विद्यार्थी, शिक्षक र प्रहरीले घाइते विद्यार्थीको उद्दार गरेर अस्पताल पुर्‍याएका थिए।

जीर्ण चुहिने भवनमा बिहीबार धेरै पानी परेको र शुक्रबार घामले तातिएपछि भत्किएको प्रहरीको अनुमान छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स