18.1 C
Kathmandu
Saturday, May 2, 2026
spot_img

ललिता निवास प्रकरण : चार जना पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको बनाएको घटनामा अनुसन्धानका लागि चार जना पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरु विरुद्ध पुर्जी जारी गरेको हो।

आइतबार पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्व राज्यमन्त्री सञ्जयकुमार शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए।

अदाललते पुर्जी जारी गरेपछि उक्त मुद्दामा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई पक्राउ गर्ने बाटो खुलेको छ।
उनीहरु विशेष अदालतमा पनि भ्रष्टाचार मुद्दा रहेको छ। गच्छादार धरौटीमा रिहा भएका थिए भने जोशी साधारण तारेखमा विशेषबाट छुटेका थिए।

अख्तियारले गच्छदार र श्रेष्ठविरूद्ध ९ करोड ६५ लाख प्रतिव्यक्ति बिगो दाबी गरेको थियो भने जोशीविरूद्ध सात करोड ८ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स