18.1 C
Kathmandu
Saturday, May 2, 2026
spot_img

नेपालगञ्ज उपमहानगरले आवास जोखिम बीमा लागू गर्ने

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागू गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३ मा २१२ र वडा नम्बर ७ मा ५३७ आवासमा जोखिम बीमा लागू गर्न लागिएको हो ।

बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर वडा नम्बर ३ र ७ मा बढी भएको हुँदा शुरूआती चरणमा यिनै वडालाई छनोट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनले भने, ‘नगरभित्र अन्य वडाका घर जोखिममा नभएका होइन तर हामीले सुरुआती चरणमा ३ र ७ लाई लिएका छौं, बीमा शुल्कबापत नगरले १५ लाखसम्मको रकम उपलब्ध गराउनेछ ।’

शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी कार्यक्रम अनुसार छनोटमा परेका वडामा २० टोलमा शहरी विपद् र भूकम्पको बुझाइको अवस्था थाहा पाउन लक्षित समूह छलफल लगायतका क्रियाकलाप गर्दै अगाडि बढेको जानकारी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए ।

‘अहिले अनुमानित रूपमा ८०० घर मात्र लिएका छौं । यो संख्या बढ्न पनि सक्छ,’ उनले भने, ‘घनत्व बढी भएका भवन आचारसंहिताभन्दा अघि बनेका घर तथा भवनको विद्युत् आचारसंहिता नभएका घरलाई पहिलो प्राथमिकतामा राखेका छौं ।’ जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागू गर्न लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स