7.1 C
Kathmandu
Friday, January 23, 2026
spot_img

राष्ट्रपतिद्वारा धारा ७६ को उपधारा ५ बमोजिम जेठ ७ भित्र सरकार गठनका लागि आह्वान

काठमाडौं /संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपति विद्या देवी भण्डारीले आह्वान गर्नुभएको छ। सरकार गठनका लागि राष्ट्रपतिले जेठ ७ गते ५ बजेसम्मको समय दिनुभएको छ।

संविधानको धारा ७६ को उपधार ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भनेर प्रधानमन्त्रीले जानकारी दिएकाले उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गरिएको छ ।

राष्ट्रपतिले शुक्रबार साँझसम्म विश्वासको मत प्राप्त गर्ने आधारसहित सरकार गठनका लागि आह्वान गर्नु भएको हो । वैशाख ३० गते प्रधानमन्त्री ओलीले ठूलो दलको हैसियतले सरकार बनाउनु भएको थियो।

संविधानको धारा ७६ को उपधारा ३ मा संसदमा सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते तीन दिनको समय राखेर वैकल्पिक सरकार बनाउन आग्रह गरेको समयमा सरकार नबनेपछि ओली पुनः प्रधानमन्त्री चयन हुनु भएको थियो ।

ओलीले जेठ ३० गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने भए पनि विश्वासको मत नलिइ धार ७६ (५) अनुसार अगाडी बढ्ने मन्त्रिपरिषको बैठकमा सुनाउनु भएको थियो ।

के छ संविधानको धारा ७६ (५) मा

संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसकेमा उपधारा ५ अन्तर्गतको सरकार गठन हुने प्रावधान छ।

प्रतिनिधि सभाको कुनै पनि सांसदले विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान यो उपधारामा छ।

यो प्रावधान अनुसार नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत लिन नसकेमा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्नेछन् र ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स