13.1 C
Kathmandu
Monday, February 9, 2026
spot_img

ओलाङचुङगोलाका दुई वटा बस्ती प्रवेशमा पूर्ण प्रतिबन्ध

ताप्लेजुङ/ कोरोना संक्रमणको जोखिम बढेसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका दुई वटा बस्ती प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ । वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार जेठ ७ गते बिहानदेखि १५ गते रातिसम्मका लागि ओलाङचुङगोला र याङमा प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको हो । वडा कार्यालयको आयोजनामा बिहीबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बुद्धिजीवी समेतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका–१ मा मात्रै निषेधाज्ञा जारी गरेका कारण वडा कार्यालयले छुट्टै निर्णय गरेको हो ।

फुङलिङबाट पैदल हिँडेर तीन दिन र गाडी र पैदल गरी दुई दिनमा पुगिने ओलाङचुङगोलामा संक्रमण फैलिए पूरै बस्ती जोखिममा पर्ने वडासदस्य टासी शेर्पा भोटेले बताए । ‘सानो बस्ती छ । एकजना संक्रमित भित्रिए भने बस्ती नै भ्याइदिन्छ,’ टाँसीले थपे,‘यहाँ उपचार पनि सम्भव छैन त्यसैले पहिल्यै रोक्न सकिएन भने खतरा हुन्छ ।’

ओलाङचुङगोला प्रवेश गर्ने एकमात्र मार्ग लेलेपको इलाडाडाँमा बन्द भएको खबर पठाइसकिएको तेञ्जिङ बताउँछन् । ओलाङचुङगोलामा ५६ र याङमामा ११ घर रहेको वडामा सशस्त्र सीमा सुरक्षा प्रहरी बल, नेपाल प्रहरी चौकी, स्वास्थ्य चौकी, हुलाक लगायतका कार्यालय छन् । ओलाङचुङगोलावाट याङमा पुग्न भने पूरै एक दिन लाग्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स