29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

जनप्रतिनिधिका सवारी धमाधम एम्बुलेन्स बनाइदैं

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जनप्रतिनिधिहरु आफूले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्स बनाउने होडबाजीमा छन् । अहिले स्थानिय तहमा एम्बुलेन्स व्यवस्थापनमा कठिनाइ भएपछि जनप्रतिनिधिका सवारीलाई एम्बुलेन्स बनाउन थालिएको छ ।
यसैक्रममा प्रदेश एकका स्थानीय तहका जनप्रंतिनिधिहरुले प्रयोग गर्दै आएका सवारी साधन कोरोना संक्रमितलाई अस्पताल पु¥याउनका लागि भन्दै धमाधम एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको छ ।

शुक्रबार सुनसरीको इनरुवाका उपप्रमुख जमुनादेवी गौतमले आफ्नो सवारी कोभिड संक्रमितलाई अस्पतालसम्म लैजान–ल्याउन दिने घोषणा गरिन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफूले प्रयोग गर्दै आएको सवारी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने बताए । यस्तै पूर्व मन्त्री समेत रहेका मोहनबहादुर बस्नेतले पनि आफूले प्रयोग गरेको सवारी एम्बुलेन्सका रुपमा उपयोगमा ल्याउन दिइने बताए ।

अहिले स्थानिय तहमा गम्भिर संक्रमितलाई अस्पतालसम्म लैजान एम्बुलेन्सको चरम अभाव छ । जनप्रतिनिधिहरुले एम्बुलेन्स बनाउने होडबाजी चलेपनि सो सवारीलाई एम्बुलेन्सका रुपमा उपयोगमा ल्याउन सकिने या नसकिने सन्दर्भमा जिम्मेबार निकायहरु मौन छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स