12.1 C
Kathmandu
Monday, January 19, 2026
spot_img

आजदेखि कर्णाली प्रदेशमा कोरोना खोपको अर्को चरण सुरू, ७६ हजारलाई खोप दिइने

सुर्खेत । कर्णाली प्रदेशमा आजदेखि कोरोनाविरूद्धको अर्को खोप अभियान सुरू भएको छ। संघबाट कर्णाली प्रदेशका लागि खोप पठाएपछि आजदेखि लगाउन सुरू गरिएको हो।अहिले कर्णाली प्रदेशका लागि सरकारले ७६ हजार ३२० डोज कोरोनाविरूद्धको खोप पठाएको छ। जसमा ५९ हजार डोज भेरोसेल छ भने १७ हजार ३२० डोज जोन्सन एण्ड जोन्सन खोप रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।

कर्णाली प्रदेशको अभियानअन्तर्गत आज सुर्खेत जिल्लामा मात्र खोप लगाउन सुरू गरिएको छ। बाँकी जिल्लामा एक/दुई दिनभित्र खोप कार्यक्रम सुरू हुने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी नोदनारायण चौधरीले बताए।आज सुर्खेतमा मात्र कार्यक्रम सुरू भएको छ, बाँकी जिल्लामा अनुकुलता अनुसार छिट्टै सुरू हुन्छ,’ चौधरीले भने, ‘जिल्लाहरूमा जहाँ पायक पर्छ, त्यहाँ खोप केन्द्र बनाएर खोप लगाउने कार्यक्रम हुन्छ।’अहिले सरकारले पठाएको खोप हिमाली जिल्लाबाहेक अरू जिल्लामा पुगिसकेको उनले बताए। 

डोल्पा र हुम्लामा भने जहाजमार्फत खोप पठाउनुपर्ने भएकाले एक/दुई दिनभित्र पुग्ने उनले जानकारी दिए।निर्देशनालयका अनुसार कर्णाली प्रदेशका १ लाख ७ हजार ३३० जनाले खोप लगाइसकेका छन्। २८ हजार ८ सय ४८ जनाले सुरूमा लगाइएको कोभिसिल्डको दोस्रो डोज पनि लगाइसकेका छन्।यस्तै, भेरोसेल खोप लगाएको २२ हजार ५ सय ७० जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। उनीहरूले दोस्रो डोज पनि पाइसकेको चौधरीले बताए।भेरोसेल खोप लगाउन उमेर खुल्ने कागजात अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ।

कर्णाली प्रदेशको १८ लाख जनसंख्या छ। यो चरणमा ७६ हजार जनालाई खोप लगाउने लक्ष्य छ। यो चरण पूरा भएसँगै कर्णालीमा खोप पाउनेको संख्या करिब पौने २ लाख पुग्नेसुर्खेत, साउन ११

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स