12.1 C
Kathmandu
Monday, January 19, 2026
spot_img

शिव शिखरद्धारा भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा तीन लाख सहयोग

भक्तपुर/ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. भक्तपुरले भक्तपुुर नगरपालिकाद्धारा स्थापित प्रकोप व्यवस्थापन कोषमा तीन लाख एक हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न आर्थिक सहयोगको आह्वान गरेको थियो । संस्थाका मुख्य प्रबन्धक लीलानाथ गौतमका अनुसार नगरपालिकाले सहयोगका लागि आब्हान गरेपछि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शिखरले उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।

मुख्य प्रबन्धक गौतमका अनुसार संस्थाले कोटेश्वरदेखि पलासेसम्म सिसिटिभी जडान गर्न भक्तपुर जिल्ला सिसिटिभी समितिलाई ७५ हजार रुपैयाँ रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराएको छ ।


भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको यो सहकारीले बचत तथा ऋण परिचालनका अतिरिक्त सुपथ मूल्यमा कृषकहरुलाई पावर ट्रेलर, मिनि ट्रेलर, पम्प लगायतका कृषि कार्यका लागि आवश्यक पर्ने विभिन्न आधुनिक कृषि यन्त्र तथा उपकरणहरु विक्रि वितरणको काम समेत गर्दै आइरहेको छ । भने उपभोक्तालाई सर्वसुलभ रुपमा एउटै छानामुनि दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानमा चेन स्टोरका रुपमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स