9.1 C
Kathmandu
Monday, January 19, 2026
spot_img

शिव शिखर एपले ल्यायो सबै बैंकहरुमा निःशुल्क रकम ट्रान्स्फर गर्ने व्यवस्था

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुले आफ्नो खातामा रहेको रकम जुनसुकै बैंकमा निःशुल्क ट्रान्सफर गर्न सक्ने व्यबस्था गरेको छ । अब शिव शिखर मोबाईल एप मार्फत प्रयोगकर्ता सदस्यहरुले कुनै पनि बैंकमा निःशुल्क रुपमा रिय टाईममा रकम ट्रान्सफर गर्न सक्ने भएका छन।

संस्थाको कार्यालयसम्म आई सेवा लिन असमर्थ सदस्यहरुले सहकारीमा रहेको आफ्नो खाताको रकम आफुलाई पायक पर्ने बैंकमा रहेको आफ्नो वा आफुसँग सम्बन्धित व्यक्तिहरुको खातामा ट्रान्स्फर गरी आफूलाई अत्यावश्यक रकम निकाल्न सहज भएको सदस्यहरुले बताएका छन् । यो सेवा प्रभाकारी देखिएको उनिहरुको भनाइ छ ।

शिव शिखर एपबाट ब्यालेन्स ईन्क्वायरी गर्ने, लामो तथा छोटो स्टेटमेन्ट प्राप्त गर्ने, ऋणको जानकारी लिने, फण्ड ट्रान्स्फर गर्ने, चेक अनुरोध तथा रद्द गर्ने जस्ता बैंकिङ सुविधा तथा मोबाईल टपअफ, ईन्टरनेट, टि.भी., विद्युत, खानेपानी, मुभी तथा हवाई टिकट जस्ता भुक्तानी सुविधा समेत उपलब्ध रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स