29.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

काठमाडौं उपत्यकामा हावाहुरीसहितको वर्षा

काठमाडौं। अहिले उपत्यकासहित देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा केहीबेर हावाहुरीसहित मध्यम वर्षा भएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा सामान्य बदली हुनेछ । तीव्र गतिमा हावा चल्नाले उपत्यकामा रहेको प्रदूषणको मात्रा पनि घट्ने उहाँको भनाइ छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित मध्यम वर्षा उपत्यकामा भएको उहाँले बताउनुभयो ।

अहिले उपत्यका सँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा हावाहुरी र हल्का वर्षा भएको छ । अन्य स्थानको मौसम सफा नै रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स