24.1 C
Kathmandu
Friday, April 17, 2026
spot_img

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना

काठमाडौं। यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आज ९शुक्रबार० देखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजक रहनुभएको उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहनुभएको छ ।

संयन्त्रको कार्यारम्भ भएको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नरगराउन निर्देशन दिनुभयो । सो अवसरमा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपस्थिति थियो ।

उक्त संयन्त्र यही वैशाख ११ गतेसम्म कायम रहनेछ । बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स