29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

आफ्नै प्रशासनिक भवनबाट सेवा दिँदै दाङमा स्थानीय तह

दाङ । लमही नगरपालिका वडा नं ७ निवासी लालबहादुर साउलाई आफ्नै वडा कार्यालयमा सेवा लिन जाँदा असजिलो लाग्थ्यो । साँघुरो कोठाबाट सेवा प्रवाह गर्दा ढिलो हुन्थ्यो । पालो कुरेर बस्नुपर्ने अवस्था थियो । तर, अहिले वडा कार्यालय आफ्नै भवनमा सरेपछी भने लालबहादुरलाई खुसी लागेको छ ।

स्थानीय तह अन्तरगत वडा कार्यालय भवनहरु सुविधा सम्पन्न नहुँदा सेवा प्रवाहमा समेत समस्या पर्दै आएको थियो । तर, अहिले जिल्लाका सबैजसो वडा कार्यालयको आफ्नै प्रशासनिक भवन बनिसकेको छ । दाङमा भाडाको घरबाट प्रशासनिक केन्द्र सञ्चालन गर्दै आएका स्थानीय तह आफ्नै भवनमा सर्न थालेका छन् । प्रशासनिक भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई काम गराउन भने सजिलो भएको छ ।

‘पहिला त बस्ने ठाउँ पनि हुदैनथ्यो । साँघुरो कोठाबाट सेवा लिला हामीलाई पनि असजिलो लाग्थ्यो’साउले भन्नुभयो,‘ अहिले त नयाँ भवन बन्यो । ठूला कोठा छन् । सेवा लिन सजिलो छ ।’ वडा कार्यालयले भाडाको घरबाट सेवा दिदै आएका थिए ।अहिले आफ्नै प्रशासनिक भवनमा सर्दा भाडा समेत जोगिएको छ । ‘अव त वडा कार्यालयले घरभाडा बाफत बुझाउने रकम जोगिने भयो’ राप्ती गाउँपालिका–४ का स्थानीय शशिराम शर्माले भन्नुभयो, ‘घर भाडाको रकम अब विकासमा लागोस ।’

दाङमा दश स्थानीय तहका एक सय वटा वडा कार्यालय छन् । केही वडा बाहेक अधिकांश वडा कार्यालयको आफ्नै प्रशासनिक भवन छ । साविक गाविस कार्यालयबाट सेवा प्रवाह गरेका गाउँपालिका तथा नगरपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेर एकै स्थानबाट सेवा प्रवाह गर्न सफल भएका छन् । दुईवटा उपमहानगरपाकिलाले समेत नयाँ भवनबाट सेवा प्रवाह गर्ने योजनामा छन् । तुलसीपुर उपमहानगरपालिकाको अन्तिम चरणमा पुगेको छ भने घोराही उपमहानगरपालिकाको निर्माणाधिन अवस्थामा छ ।

लमही नगरपालिकालको नयाँ प्रशासनिक भवन सञ्चालनमा छ । बाँकी गाउँपालिकाहरुले पनि नयाँ भवन बाट सेवा दिन थालेका छन् । लमही नगरपालिका भित्र पनि वडा कार्यालयहरुको आफ्नै प्रशासनिक भवन बनेको छ । ‘पहिला एउटै कोठामा सचिव, जनप्रतिनिधि, सेवा ग्राही बस्नुपर्ने अवस्था थियो । ठाउँ समेत नपुग्दा समस्या भयो । अहिले आफ्नै भवन बन्यो । अपांगमैत्री पनि छ । ठूला कोठा छन्’ वडा नम्बर ७ का वडा अध्यक्ष एवम् प्रवक्ता मोहन गिरीले भन्नुभयो, ‘सेवाग्राहीलाई समेत शौचालय सहितको भवनहरु बनेका छन् ।

सेवा प्रवाहलाई सहज र सरल बनाउने अभियानमा छौं ।’ स्थानीय सरकारको प्रशासनिक भवन ठूलो र भब्य भएर मात्रै हुदैन त्यसले दिने सेवा सेवाग्राही मैत्री भने हुन जरुरी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स