
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाका किसान अहिले चिन्तित बनेका छन् । केही दिन अघि परेको असिना पानीले टमाटरलगायतका तरकारीमा करोडौंको क्षति बनेको भन्दै चिन्तित बनेका हुन् ।
अहिले त्यहाँ ९ जना किसानले करिब ३० बिघा क्षेत्रफलमा तरकारी खेति गरेका छन् । उनीहरुमध्ये ७ किसानले बीमा गरेको स्थनीय किसान मदन तिमिल्सिनाले बताउनुभयो ।
लकडाउनले गर्दा बजारीकरण हुन नसक्दा चिन्तित बनेका किसानहरु अहिले त्यही टमाटरमा नै हावाहुरी सहित परेको असिनापानीले क्षति पु¥याएपछि थप चिन्तित बनाएको हो । उहाँले पछिल्लो समय टमाटरको माग बढेको बताउनुभयो ।

