21.1 C
Kathmandu
Friday, May 8, 2026
spot_img

चुमनुब्री गाउँपालिकामा सिसाजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

गोरखा । उत्तरी गोरखाको चमनुब्री गाउँपालिकाले सिसाजन्य सामग्री प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

साउन ३१ गते सूचना जारी गदै पालिकाले भदौ मसान्तभित्र पालिकालाई सिसाजन्य सामग्रीको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने जनाएको हो । उक्त अवधिभित्र सिसाजन्य सामग्रीको वैकल्पिक प्रयोगको व्यवस्था गर्न पालिकाले सबै उद्योगी, व्यापारी, व्यवसायी तथा आम सर्वसाधारणमा समय सीमा दिएको छ ।

पालिकालाई सिसामुक्त बनाई सफा र सुन्दर गाउँपालिका निर्माणको महान अभियानमा सहयोग पुर्‍याउन गाउँपालिका अध्यक्ष निमा लामाले आग्रहसमेत गरेका छन् । यसअघि सो गाउँपालिकाको गाउँसभाले चुमनुब्रीलाई सिसामुक्त बनाउने निर्णय समेत गरेको थियो ।

चुमनुब्री गाउँपालिकामा मनास्लु आरोहण, लार्केपास, चुम तथा नुब्री उपत्यका भ्रमणका लागि विदेशी पर्यटक प्रसस्त आउने गर्छन् । सिसामुक्त गाउँपालिकाको सन्देशले पर्यटकसमेत बढ्नेमा विश्वास गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स