24.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

त्रिवेणी नगरपालिकाले दियो सुत्केरी महिलालाई भत्ता

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाको वडा नं –८ ले वडाका एकल तथा विपन्न परिवारका महिलालाई प्रोत्साहन गर्न सुत्केरी भत्ता वितरण गरेको छ ।

आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सो वडाले त्यहाँका एकल तथा विपन्न परिवारका महिलालाई प्रोत्साहन स्वरूप सुत्केरी भत्ता वितरण गरेको हो । त्रिवेणी नगरपालिका –८ वडा अध्यक्ष गगनजङ्ग बुढाले, आर्थिक स्थिति कम्जोरका कारण सुत्केरी महिलाले बच्चा गर्भमा हुँदा पौष्टिक आहाराका खानेकुरा खान नपाएका महिलाहरुकै बच्चामा कुपोषण देखा परेपछि यो हटाउन भत्ता वितरण गरेको बताउनुभयो ।

वडा अध्यक्ष बुढाले भन्नुभयो, कुपोषण प्राय घर, जग्गा जमिन नभएको वा आर्थिक स्थिति कम्जोर भएका परिवारका बालवालिकाहरुलाई देखा परेको छ । अहिले यस्तो परिवारका महिला तथा बालवालिकाको स्वास्थ्यमा सुधार ल्याउने गरी बाख्रा, कुखुरा, तरकारी खेती गर्ने गरी उनीहरुलाई अुनदान कार्यक्रम समेत ल्याउने वडाले योजना बनाएको बताउनुभयो ।

त्रिवेणी नगरपाकिला –८ का आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द थापाले, आर्थिक स्थिति कम्जोर भएको परिवारको सुत्केरी महिला तथा उनीहरुको बालवालिकाहरुको स्वास्थ्य जाँच गर्दा पौष्टिक आहारको कमीका कारण कुपोषण देखा परेको बताउनुभयो । उहाँका अनुसार, अहिले त्रिवेणीको झालगाउँ , कालापानी लगायतका केही टोलमा झण्डै ७ जनामा बालवालिकामा कुपोषण देखिएका छन् ।

त्रिवेणी नगरपालिका –८ कालापानीकी सुत्केरी महिला मञ्जु विकले, आफुसँग नत घर छ नत कमाइ खाने जमिन नै छ, बिहान बेलुकाको छाक टार्न समेत धौ धौ हुन्छ, अनी कहाँबाट पौष्टिक आहारका खाने कुरा खान पाउँनु उहाँले बताउनुभयो । उहाँका अनुसार, वडाबाट यती बेला थोरै भएपनि आर्थिक सहयोग मिलेको छ ,यसले केही दिनभएपनि अण्डा, मासु, माछा, तरकारी ,फलफुल जस्ता पौष्टिक आहार खान पुग्छ, जसका कारण आफु बच्चाको स्वास्थ्यमा केही सुधार आउने आश गरेको उहाँले बताउनुभयो ।

सुत्केरी महिलाको आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने गरी अहिले त्रिवेणी नगरपालिकाको वडा कार्यालयले सुत्केरी भत्ता दिन थालेपछि त्यहाँका महिला दिदिबहिनीहरुको मुहारमा खुसी छाएको विकले बताउनुभयो । आधारभूत स्वास्थ्यले यस्ता महिलाको परिचान गरेपछि उनीहरुलाई यो वर्ष देखि नै आधारभूत स्वास्थ्य केन्द्रमै सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्दै आएको अध्यक्ष बुढाले बताउनुभयो ।

वडाका १५ जना सुत्केरी महिलाको स्वास्थ्य परिक्षण गर्दा तीन जना महिलाको स्वास्थ्य निकै कम्जोर देखिएको र उनीहरुको बच्चामा पनि कुपोषण भएकोले उनीहरुलाई अहिले प्रोत्साहन स्वरुप एक जनालाई पाँच हजारको दरले रकम वितरण गरेको छ । यस्ता महिलाको आर्थिक स्थिति बलियो पार्ने गरी एकल महिलालाई बाख्रा, कुखुरा ,तरकारी खेती गर्न बीउ वितरण गर्दै आएको अध्यक्ष बुुढाले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स