24.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

जुम्लामा जलविद्युतको पावर हाउसमा पहिराे जाँदा एकै परिवारका ३ जनाको मृत्यु

जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर १ आचार्यलिहिको भित्रिखोला लघु जलविद्युतको विद्युत गृहमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

गएराति ११ बजे विद्युत गृह माथि बाट खसेको पहिरोमा परि अपरेटर गोरख बहादुर रावतकि श्रीमती र दुई जना छोराको मृत्यु भएको हो।अपरेटर रावत गाउँ गएको बेला एक्कासि आएको पहिरोबाट उनकि ३१ वर्षिया श्रीमती विमला रावत, ९ वर्षिय छोरा भरत रावत र ७ वर्षिय छोरा सुर्य रावतको घटनास्थलमै मृत्युु भएको बड्की प्रहरी चौकिका राम प्रसाद चौंलागाईले जानकारी दिए।

विद्युतको ट्याङ्कीमा पानी ओभरलोड भएपछि विद्युत गृहमाथि खस्दा पहिरो आएको उनले बताए । अपरेटर विद्युत मर्मतका लागि गाउँ पुगेकोले उनी बाँच्न सफल भए, तर श्रीमतीसहित तिनजना गुमाए। राति ११ बजे झ्याप्प बत्ती गएपछि, अपरेटर हतार हतारमा विद्युत गृहमा पुगे, पहिरो आएको देखेपछि अत्तालियर उद्दारका लागि अनुरोध गर्न गाउँ पुगे, तर तिनै जनाको मृत्यु भइसकेको रहेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स