22 C
Kathmandu
Friday, June 26, 2026
spot_img

स्थिर कर नीति नहुँदा व्यावसाय सञ्चालनमा समस्या

काठमाडौँ । नेपालले अंगालेको कर नीति स्थिर नहुँदा व्यवसाय सञ्चालनमा समस्या परेको बताइएको छ । लेखा परीक्षक शेषमणि दाहालले सरकारले अंगालेको कर नीति पटक–पटक परिवर्तन भइरहँदा व्यवसाय सञ्चालनमा समस्या परेको बताएका हुन् ।

उनले नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै भने, ‘हामी कुल ग्राहस्थ उत्पादन ९जीडीपी० को तुलनामा कर संकलनमा दक्षिण एसिया राम्रो स्थानमा छौं, यसमा रहेका समस्यालाई सुधार गर्दै कर नीतिलाई स्थायित्व बनाउनुपर्छ ।’

यस्तै, नाफिजले आयोजना गरेको कार्यक्रममा नेपालले लिएको कर नीति यसको विविध पक्षमा समेत छलफल भएको छ । राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहालले डिजिटल करेन्सीलाई कानुनी दायारमा ल्याउने गरी सुझाव तयार भैरहेको बताए । उनले भारतले डिजिटल करेन्सीलाई कर तिराएर प्रणालीमा ल्याउने प्रयास गरिसकेको र सोहीअनुसार हामीले पनि प्रणालीमा ल्याउने गरी सुझाव तयार गर्दैछौं ।

समितिले सरकारलाई विविध शीर्षकमा करसम्बन्धि सुझाव दिँदै आएको छ । समितिको ७० प्रतिशतभन्दा बढी सुझाव कार्यान्वयनमा आएको समितिको भनाई छ । समितिले आगामी वर्षमा सम्पत्ति अभिलेखिकरणको विषयलाई समावेश गर्ने बताएको छ । अनौपचारिक क्षेत्रमा रहेको अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा ल्याउन प्रयास गर्ने उदेश्यले यो विषयलाई समावेश गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स