13.1 C
Kathmandu
Monday, February 9, 2026
spot_img

सेनाको हेलिकोप्टरसहित उद्धारका लागि २५० जना सुरक्षाफौज मेलम्ची पुग्यो, स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै

सिन्धुपाल्चोक । मेलम्चीमा आएको भीषण बाढीका कारण डुबानमा परेकाको उद्धारका सुरक्षा फौजको टोली घटनास्थल पुगेको छ। गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार आज विहानै उद्दारका लागि हेलिकोप्टरसहित नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थल पुगेको हो। चौतारा र काभ्रेको धुलिखेलबाट २ सय ५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची गएको छ ।

लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार डुबानमा परेको छ। केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै छ।

बाढी र पहिरोमा परी कम्तिमा सात जनाको जानकारी आए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारि दिनुभयो। थप विवरण आउन बाँकि ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स