29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

‘गार्डेन मार्ट’ को १४ औं शाखा नेपालगञ्जमा सञ्चालन

नेपालगञ्ज । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४ औं शाखा सञ्चालनमा ल्याएको छ । आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्यइएको हो ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले नेपालगञ्जमा सञ्चालन गरेको ‘गार्डेन मार्ट’

पश्चिम नेपालको व्यवसायीक हवका रुपमा रहेको नेपालगञ्जमा शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याएको सस्थाका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । अध्यक्ष शर्माका अनुसार हाल २ सय ८० जनाले यहाँ प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । यो वर्ष लक्ष्य अनुसार शाखा विस्तार भएको खण्डमा झण्डै १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने अध्यक्ष शर्माले बताउनु भयो ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले नेपालगञ्जमा सञ्चालन गरेको ‘गार्डेन मार्ट’

‘मोफसलका ग्राहकलाई समेत एउटै छानामूनी आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याएका हौं, अध्यक्ष शर्माले भन्नुभयो—हाम्रो मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनुपर्दैन ।’ यो मार्टमा उपकार ब्रान्डल गायतका अन्य विभिन्न ब्राण्डका चामल, दाल, चिनि, चियापत्ति, चकलेट, ध्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्रि विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा बिषेश छुट समेत व्यवस्था गरेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले नेपालगञ्जमा सञ्चालन गरेको ‘गार्डेन मार्ट’

शिवशिखर बहुउद्देश्यीय सहकारी भएकाले बचत तथा ऋण संकलनका अतिरिक्त शेयर सदस्यलाई प्रत्यक्ष फाइदा पु¥याउने उदेश्यले अन्य विभिन्न क्षेत्रमा समेत लागानी विस्तार गरिरहेको छ ।

उभोक्ताहरूले एउटै छानामुनि सुलभ मूल्यमा सवै किसिमका दैनिकउपभोग्य सामान किनमेल गर्न सकुन भन्ने उदेश्यले मार्ट सञ्चालनमा ल्याएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स