7.1 C
Kathmandu
Friday, January 23, 2026
spot_img

लक्ष्मी लघुवित्तको दशौँ साधारण सभा सम्पन्न, २७.३७ लाभांश पारित

काठमाडौं । लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमिटेडले दशौँ साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरिस्थीत अग्रवाल भवनमा एक समारोहका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सेयरधनि, सञ्चालक समितिका सदस्य सञ्चारकर्मि लगायतको उपस्थिति रहेको थियो । कोरोनाको जोखिमका कारण आवस्यक मापदण्ड अपनाइ भिडभाड नगर्ने उद्येश्यले सेयरधनिलाइ भर्चुअल माद्याबाट उपस्थित हुने ब्यबस्था मिलाइएको थियो ।

लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमिटेडले दशौँ साधारण सभा कार्यक्रम

साधारणसभाले संस्थाको २७.३७ लाभांश पारित गरेको छ । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७.७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश पाउने छन् । बोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु. ३८ करोड ४० लाख ५४ हजार पुग्नेछ ।

सभाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता दिएको छ ।

लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमिटेडले दशौँ साधारण सभा कार्यक्रम

नेपाल राष्ट्र बैंकबाट २०६८ फाल्गुण २३ गते वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५५ जिल्लाहरुमा ७७ वटा शाखा कार्यालयहरु मार्फत ९६ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ ।

साथै साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष जिवन प्रकास लिम्बुले सञ्चालक समितिको दशौँ बार्षिक प्रतिवेदनको सारांस प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स