27.1 C
Kathmandu
Friday, September 22, 2023

रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा

रसुवा । चीनसँगको सिमानामा रहेको रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा गरिएको छ । पछिल्लो समय नाकाबाट अबैध समाग्रीको ओसार पसार बढेसँगै सीमा नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको निगरानी बढाइएको हो ।

केरुङबाट नेपाल भित्रने तथा नेपालबाट केरुङतर्फ जाने नागरिक तथा यातायातका साधनहरुमा निगरानी बढाईएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताउनु भयो ।जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार एक महिनाको अवधिमा केरुङबाट दुई पटक नेपाल भित्रिएको तीन केजी सुन सुरक्षा निकाय तथा रसुवा भन्सार कार्यालयले बरामद गरेपछि सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको बताइएको छ ।

पछिल्लो समय नेपाली कन्टेनर चीनयाँ समाग्री लिन केरुङ सम्मनै पुग्ने व्यवस्था भएसँगै नेपालीहरु पनि केरुङ जाने क्रम बढे पछि सिमानाकामा हुन सक्ने अबैध क्रियाकलाप रोक्न शसस्त्र प्रहरि, नेपाल प्रहरी तथा रसुवा भन्सार कार्यालयको संयूक्त्त टिमले चेक जाँचसँगै नाकाको सुरक्षामा थप कडाई गरिएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स