23.1 C
Kathmandu
Monday, April 27, 2026
spot_img

टोखा नगरपालिकाको आयोजनामा नगरवासिले यसरि मनाए धान दिवस (फोटोफिचर)

काठमाडौँ । आज असार १५, राष्ट्रिय धान दिवस अर्थात दहि चिउरा खाने दिन । किसानहरुका लागि मानो खाएर मुरी उब्जाउने दिन । यसै क्रममा टोखा नगरपालिकाले १९ औँ राष्ट्रिय धान दिवस अर्थात रोपाइँ महात्सव—२०७९ मनाएको छ । नगरपालिकाको सहकार्य तथा कृषि शाखाको आयोजनामा वडा नं १ झोर स्थित जाँहानियाँ गाउँका धान फल्ने फाँटमा धान रोपेर धान दिवस मनाइएको हो ।


टोखा नगरपालिकाको कृषि शाखाले आयोजना गरेको धान रोप्ने कार्यक्राममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकास अधिकारि,प्रमुख प्रशासकिय अधिकृत शंकर राज पाठक, कृषि शाखा प्रमुख शुमित्रा पाठकसँगै समजसेवि, वुद्धिजिवि लयागत धान रोप्ने किसानहरुको उल्लेख्य उपस्थिति रहेको थियो । रोपारहरुले असारे गित गाउँदै धान रोपेका थिए । बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरेर रमाइलो गरेका थिए ।

 


रोपाइँ महोत्सवको अवसरमा बोल्दै मेयर प्रकास अधिकारिले कृषि योग्य जमिन र बसोबासका लागि प्रयोग हुने जमिन छुट्याउने काम जनतालाई दिएको बताउनुभयो । बढ्दो शहरिकरणले गाम्रीण भेगका जग्गा बाँझो हुने र शहरि क्षेत्रका कृषि योग्य जमिन मासिँदै गएको बताउँदै उहाँले यसको संरक्षण गर्नु सबैको दाइत्व भएको उल्लेख गर्नुभयो । टोखा नगरपालिकाले हरेक बर्ष यसरि नै धान दिवस मनाउँदै आएको छ ।


तर आजकाल रोपाइँको मौलिकता हराउँदै गएको छ कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएकोमा पाका नागरिक चिन्तित छन । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ ।


त्यसैगरि आजको दिनलाइ दहीच्युरा खाने दिनका रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसानले दही च्युरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन ।


२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स