20.1 C
Kathmandu
Monday, May 25, 2026
spot_img

माओवादी केन्द्रद्धारा प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या वृद्धि

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश समिति पदाधिकारिको सङ्ख्या बढाएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय परिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यसअघि सात पदाधिकारीमा थप गरि नौ जना राख्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

प्रवक्ता महराका अनुसार एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, सचिव एक जना सहसचिव तीन जना र एक जना कोषाध्यक्ष रहने छन् ।

यसैगरी बैठकले प्रदेश समितिको सङ्ख्यासमेत बढाएको छ । यसअघि १७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर सङ्ख्या थप गर्ने निर्णय भएको हो ।

अब प्रदेश १ मा २५९, बागमती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय प्रदेश समिति बन्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो । यसैगरी, यही मङ्सिर २५ गते माओवादी केन्द्रले प्रदेश सम्मेलन आयोजना गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स