10.1 C
Kathmandu
Monday, January 19, 2026
spot_img

एम्बुलेन्स खरिद गर्न प्रवासीको सहयोग

काठमाडौं । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन्। अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ।

बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन्। उनीहरूले कोरोना संक्रमण अथवा कुनै पनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिदका लागि आर्थिक सङ्कलन अभियान चलाएको र पहिलो चरणमा रु १० लाख हस्तान्तरण गरेका हुन्।

सुविधासम्पन्न एम्बुलेन्स अभावमा कतिपय बिरामीको अस्पताल पुर्‍याउँदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको बागलुङ घर भई अष्ट्रेलियामा रहेर एम्बुलेन्स खरिदका लागि सहयोग सङ्कलन अभियान चलाएका सुमन विष्टले जानकारी दिए।

सुविधासम्पन्न अत्याधुनिक एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियामा रहेका बागलुङवासीले पहिलो चरणमा रु १० लाख सहयोग गरेका छन्। भन्सार छुटसहित करिब रु २८ लाख ५० हजारमा खरिद गरिने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा फरक र सुविधासम्पन्न हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स