7.1 C
Kathmandu
Friday, January 23, 2026
spot_img

काठमाडौँ महानगरद्धारा परीक्षा दिने विद्यार्थी र ४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालेको छ। आजबाट चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन थालिएको हो ।

यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ । खोप कार्यक्रम बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म रहने छ ।

अहिले थप गरिएका केन्द्रबाट यसअघि महानगरपालिकाले अग्रपङ्क्तिमा खटिने व्यक्तिका लागि मात्र खोप लागाउने व्यवस्था गरेको थियो । तोकिएका लक्षित समूहले महानगरभित्र खोप आज, शनिबार र आगामी मङ्गलबार तीन दिन लगाउन सकिने महानगरपालिकाको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स