10.1 C
Kathmandu
Monday, February 9, 2026
spot_img

एसईईको आन्तरिक मूल्यांकन कार्यविधि बन्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकन कार्यविधि दुई दिन भित्रमा सार्वजनिक गर्ने भएको छ। बोर्डले कार्यविधि तयार गरिसकेको र दुई दिन भित्रमा सार्वजनिक गर्ने जनाएको हो।

गत वर्षको भन्दा यसवर्ष फरक कार्यविधि बन्ने बताइएको छ । जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर,कोरोना संक्रमणदर बढ्दै गएपछि गत वैशाख २७ गते एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको थियो।

अहिले सम्म पनि कोरोना संक्रमणको जोखिम कायमै भएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डका अनुसार करिब पाँच लाख विद्यार्थीको आन्तरिक मूल्यांकन गरिँदैछ। कोभिड १९ ले गर्दा २०७६ को एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स