22.1 C
Kathmandu
Sunday, April 12, 2026
spot_img

राहदानी वितरणमा अस्थायी अवरोध, नयाँ प्रणाली लागू हुँदै

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा अस्थायी रूपमा एकदेखि तीन हप्तासम्म प्रभावित हुनसक्ने जनाएको छ। अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म वितरणको काम प्रभावित हुने विभागको भनाइ छ।

विभागका अनुसार अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म, र विभागमार्फत प्रदान गरिने सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने सम्भावना रहेको छ।

सूचनामा उल्लेख भएअनुसार, नयाँ प्रणाली कार्यान्वयन भएपश्चात प्रणाली स्थिरीकरण हुन करिब एकदेखि तीन महिनासम्म लाग्ने भएकोले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन गर्दा राहदानी तयार हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।

विभागले भनेको छ, “उक्त अवस्थालाई मध्यनजर गर्दै आगामी ६ महिनासम्म (२०८३ असोज भित्र) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनु हुन हार्दिक अनुरोध छ।”

नयाँ प्रणाली सुरु हुने मिति र उक्त अवधिमा गरिने व्यवस्थाबारे विभागले अर्को सूचनामार्फत जानकारी दिने बताएको छ।

प्रतिक्रिया

हेडलाइन्स