20.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

२० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न निर्माण कम्पनी र आपूर्ति व्यवसायीलाई कालोसूचीमा राखेको छ।शुक्रबार सूचना प्रकाशन गर्दै कार्यालयले विभिन्न विभाग र कार्यालयहरूको सिफारिसका आधारमा २० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीहरूलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्नेमा एउटा भारतीय निर्माण कम्पनी पनि छ।भारत देहरादुनको भारत कन्स्ट्रक्सन पी.पी.सी.एल र त्यसका सञ्चालक राजिव गुर्गालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै सिद्धीसाइ प्रकाश कन्स्ट्रक्सन क्षेत्रपाटी र त्यसका प्रमुख व्यक्ति दिपेन्द्र बहादुर शाही पनि तीन वर्षका लागि कालोसूचीमा परेका छन्। अन्य विभिन्न कम्पनी र आपूर्तिकर्ता तथा त्यसका मुख्य व्यक्तीहरू डेढ देखि तीन वर्षसम्मका लागि कालोसूचीमा परेका छन्।

कालोसूचा परेकाहरूले कालोसूचीमा राखिएको अवधीभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।

यस्ता छन् कालोसूचीमा परेका निर्माण कम्पनी र आपूर्तिकर्ताः 

प्रतिक्रिया

हेडलाइन्स