29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

भारतीय कब्जामा रहेको सरकारी भवन बाँके प्रशासनले खाली गरायो

बाँके । बाँकेमा बर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जा गरी अनाधिकृत रुपमा प्रयोग गर्दैआएको एक सरकारी कार्यालयको एउटा भवन बाँके प्रशासनले खाली गराएको छ ।

पशु क्वारेन्टाइन कार्यालय बाँकेको स्वामित्वमा रहेको नेपालगन्ज उपमहानगरपालिका –१५ पिप्रहवास्थित होल्डिङ् यार्डभित्र रहेको एकतले पक्की भवन वर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जामा लिई अनाधिकृत रुपमा उपयोग गरिरहेको भवन शुक्रबार खाली गराइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

प्रजिअ पोखरेलका अनुसार भारतीय नागरिकले २५ बर्ष अघिदेखि अबैधरुपमा कब्जा गरेको सो सरकारी भवन खाली गराउन बाँके प्रशासनले गत आइतबार ७ दिने सूचना टाँस गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

परिवारसहित बसोबास गर्दैआएको भारतीय नागरिकलाई सो सरकारी भवन खाली गराइदिनका लागि जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि लागू हुनेगरी ७ दिने सूचना टाँस गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

‘भारतीय नागरिकलाई कब्जा गरेको सो भवन खाली गराइदिन भनेर ७ दिने सूचना टाँस गरेको थियौं’ उहाँले भन्नुभयो, ‘कारबाही प्रक्रिया अघि बढाइएपछि भारतीय नागरिकले कब्जामा लिएको सो भवन सौहार्दपूर्ण वातावरणमै आज छैंटौं दिनमा खाली गराएका छौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स