काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति कार्यलय स्रोतका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।
यसअघि उनलाई डेँगु सक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।
चिकित्सकहरु रिर्पोटलाई आधार बनाएर राष्ट्रपति कार्यलय स्रोतले दिएको जानकारी अनुसार हाल उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । भण्डारी केहीदिन अघिदेखि अस्वस्थ्य रहँदै आएकी थिइन् ।

