22.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको आज अन्तिम बयान

काठमाडौँ । महाभियोग खेपिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आज पनि बयान जारी राखिएको छ । संसदको महाभियोग सिफारिस समितिले उनीसँग निरन्तर बयान लिइरहेको छ ।

आज पनि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने र बाँकी रहेका ८ प्रश्नमा जबराको बयान लिने बताइएको छ । सम्भवतः आजै उनको अन्तिम बयान हुने छ । बयान लम्बिएन भने समितिले आजै बयान सकेर बाँकी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ ।

उनले चौथो दिनको बयान सकिँदासम्म जबराले ३५ प्रश्नको जवाफ दिएका छन् । समितिले कुल ४३ प्रश्न तयार गरेर बयान लिइरहेको हो ।

संसदले समितिलाई महाअभियोगमाथि छानबिन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ । गत फागुनमा जबराविरुद्ध महाभियोग दर्ता गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स