20.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

कोरोनाबाट थप एक जनाको मृत्यु, १७९ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १७१ जना संक्रमित निको हुँदा एक जनाको मृत्यु भएको हो।

यो अवधिमा देशभरबाट ४९५९ नमूना परीक्षण गर्दा १७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २६०० र एन्टिजेनबाट २३५९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १२७ र एन्टिजेनबाट ५२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल सक्रिय कोरोना संक्रमितको संख्या २२७१ पुगेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स