28.7 C
Kathmandu
Wednesday, June 17, 2026
spot_img

यी हुन् एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका दल

काठमाडौँ । आम निर्वाचनमा एकल चुनाव चिह्न लिने गरी विभिन्न दल दर्ता निर्वाचन आयोगमा भएका छन् । त्यसमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी पनि समावेश छन् । दुई पार्टीका अध्यक्ष क्रमशः प्रचण्ड र बाबुराम भट्टराईबीच भएको सहमतिअनुसार दुई पार्टीले संयुक्त रुपमा मंगलबार दल दर्ता गराएका थिए ।

गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ताका लागि निवेदन आएको आयोगले जनाएको छ । यस्तै आयोगमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि एकै चिह्नमा चुनाव लड्ने गरी साउन ३१ मा दल दर्ता गराएका छन् । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल र आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकै चुनाव चिह्न प्रयोग गर्नेगरी पार्टी दर्ता गराएका छन् ।

यस्तै सामाजिक एकता पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) र नेपाल दलित पार्टीले पनि एउटै चुनाव चिह्न लिनेछन् । निर्वाचन आयोगले एउटै चिह्न लिने गरी दर्ता भएका दललाई एउटै दलका रुपमा निर्वाचन प्रयोजनका लागि दर्ता गराएको छ। यसरी हेर्दा आयोगमा कुल ८४ दल दर्ता भएका छन् भने ती दलमाथि आजबाटै जाँचबुझ सुरु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स