25.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

अस्पतालहरूमा पुनः कोरोना संक्रमितको चाप बढ्न थाल्यो, ‘रेड जोन’मा काठमाडौं

काठमाडौँ । पछिल्लो केही दिनयता अस्पतालहरूमा पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमितको चाप बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार करिब अढाई महिना मृत्युदर शून्यमा रहे पनि पछिल्लो दुई दिनयता भने पुनः मृतक पनि थपिन थालेका छन्।

आइतबार एक र सोमबार एक जना गरी संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ। यस्तै काठमाडौं उपत्यका हाल संक्रमणको ुरेड जोनुमा परेको छ। केही दिनयता ‍संक्रमण भएर अस्पताल भर्ना हुने बिरामी पनि बढिरहेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार आइतबार पाँच जना संक्रमित अस्पतालमा भर्ना भएका थिए। तर, रुघाखोकी भनेर धेरैले परीक्षण नै नगराउने गरेको डा. चालिसेले बताए। कोरोना संक्रमित भएको व्यक्तिमा रुघाखोकीको जस्तै लक्षण देखिने भएकाले हेलचेक्र्याँइ नगरी स्वास्थ्य जाँच गराउन डा. चालिसेको सुझाव छ। कोरोना भए पनि आफैँ सञ्चो हुने त रहेछ नि भन्ने जस्ता तर्क गरेर परीक्षण नगराउने गरेको पनि उनले सुनाए। यस्तै कोरोनाविरुद्धको बुस्टर मात्रा (डोज) खोप लगाउन पनि डा. चालिसेको सुझाव छ।

यता वीर अस्पताल (कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल) का कोभिड–१९ फोकल पर्सन डा। अच्युतराज कार्कीले संक्रमणदर उकालो लागेको जानकारी दिए। अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढिरहेको उनले बताए। डा. कार्कीका अनुसार केही दिनयता अस्पतालमा अक्सिजन आवश्यक पर्ने संक्रमित भर्ना हुन थालेका छन्। तर, संक्रमितहरू सामान्यतः अस्पताल भर्ना भएको तीन दिनमा डिस्चार्ज हुने गरेको उनले बताए।

रेड जोनुमा काठमाडौं
काठमाडौं कोरोना भाइरस संक्रमणको ‘रेड जोन’मा परिसकेको छ। सरकारले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राख्ने गरेको छ। सोमबार काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार १३ पुगेको छ। त्यसैगरी भक्तपुरमा २८ र ललितपुरमा ९२ सक्रिय संक्रमित छन्।

जबकी एक महिनाअघि असार दुई गते काठमाडौंमा २३, भक्तपुरमा दुई र ललितपुरमा सात जना सक्रिय संक्रमित थिए। त्यसैगरी सोही दिन देशैभर सक्रिय संक्रमितको संख्या ९५ थियो। तर, सोमबार यो संख्या बढेर एक हजार सात सय ७६ पुगेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सोमबारसम्ममा कोरोना भाइरस संक्रमणका कारण ११ हजार ९५४ जनाको ज्यान गइसकेको छ।

अढाइ महिनासम्म मृत्यु शून्य, फेरि सुरु
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार गत चैत ८ गते एक र वैशाख २१ गते एक जना व्यक्तिको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो। त्यसयता करिब अढाइ महिना संक्रमणका कारण मृत्यु भएको तथ्यांक थिएन। तर, आइतबार एक र सोमबार एक जनाको मृत्यु भयो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स