29.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

यस वर्षको मनसुन १० दिनअघि नै नेपाल प्रवेश

काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु गएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको छ ।

नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स