12.1 C
Kathmandu
Monday, January 19, 2026
spot_img

काठमाडौंमा पुनः बर्डफ्लू भेटियो, पशुसँग सम्बन्धित निकाय परिचालन

काठमाडौं । काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लू भेटिएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर–४ र ९ तथा चन्द्रागिरी नगरपालिकाको वडा नम्बर–२ का कृषकले पालेका कुखुरा, हाँस र टर्कीमा बर्डफ्लूको संक्रमण देखिएको हो । बर्डफ्लूको संक्रमण पुष्टि भएपछि यसको नियन्त्रण तथा रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहका पशुसँग सम्बन्धित निकाय परिचालन गरिएको छ । बर्डफ्लू भेटिएका क्षेत्रका पन्छीहरू नष्ट गरिएको पनि कृषि मन्त्रालयको पशु सेवा विभागले जनाएको हो ।

सो क्षेत्रका कृषकले पालेका ५ सय ३५ टर्की, ४ सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० वटा हाँस, १ सय ७८ वटा अण्डा र ९ सय केजी दाना नष्ट गरिएको विभागका सूचना अधिकारी ढकालले जानकारी दिए। अस्वभाविक रुपमा टर्की मरेको सूचनापछि विभागले नमूना संकलन गरेर त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गत सोमबार पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लूको संक्रमण पुष्टि भएको हो । यसअघि काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु, सुर्खेत, जाजरकोट लगायत क्षेत्रमा पालिएका कृषकले लोकल कुखुरा र टर्कीमा बर्डफ्लूको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स