23.1 C
Kathmandu
Friday, April 17, 2026
spot_img

प्रदेश २ मा कांग्रेस सभापतिको उम्मेदवारका लागि १५ हजार शुल्क

जनकपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तगर्गत प्रदेश २ मा हुन लागेको अधिवेशनमा सभापतिको उम्मेदवारका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। यस्तै, १५ वर्ष पार्टीको सक्रिय सदस्य रहेको हुनुपर्ने योग्यता पनि तोकिएको छ।

निर्वाचन समितिले मंगलबार जारी गरेको सूचनामा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि ११ हजार रुपैयाँ शुल्क तोकिनुका साथै कम्तिमा १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने उल्लेख छ।

सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने कम्तिमा १३ औँ महाधिवेशनमा क्रियाशील सदस्य रहेको हुनुपर्ने उल्लेख छ। कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ भने मतदान बुधबार बिहान ८ बजेदेखि हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स