17.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

उपत्यकाका तिन जिल्लामै कोरोनाविरुद्धको पहिलो मात्र खोप लगाइने

काठमाडौं। उपत्यकाका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको पहिलो खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिशिल्ड, भेरोसेल र एस्ट्राजेनेकाकोे खोप लगाउन लागेको हो ।

मन्त्राालयले कोरोनाविरुद्धको खोप लगाउनका लागि काठमाडौं जिल्लामा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महराजगञ्ज, वीर अस्पताल महाबौद्ध र वयोधा अस्पताल बल्खुमा खोप केन्द्र तोकिएको छ ।

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लिनिक जडीबुटीमा बिदाको दिनबाहेक हरेक दिन विहान १० बजेदेखि ३ बजेसम्म खोप दिइन लागेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ललितपुरमा पनि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । ललितपुर महानगरपालिकामा पाटन अस्पताल, छवा–बहाल जनस्वास्थ्य शाखा र सैंबु स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको खोप लगाइँदै छ ।

साथै महालक्ष्मी नगपालिकामा लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकी रर गोदावरी नगरपालिकामा बज्रबाराही चापागाउँ अस्पताल, बडेगाउँ प्रथमिक स्वास्थ्य केन्द्र र लेल प्रथमिक स्वास्थय केन्द्र साथै बागमती गाउँपालिकामा भट्टेडाँडा स्वास्थ्य चौकी, कोन्जोसोम गाउँपालिकामा चौघरे स्वास्थ्य चौकी र महांकाल गाउँपालिकामा गोटिखेल स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको खोप लगाइँदै छ । खोप बिदाको दिनबाहेक हरेक दिन विहान १० देखि ३ बजेसम्म खोप दिइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिक र गर्भवती भएको तीन महिना नाघेका महिलाहरुलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । भक्तपुरमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमीमा बुधबार र शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्म र ख्वप अस्पताल च्यामसिंह भक्तपुरमा विदाको दिनबाहेक प्रत्येक दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स