18.1 C
Kathmandu
Saturday, May 2, 2026
spot_img

कांग्रेसको महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश छैन । सर्लाहीका प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नै सकिएका छैनन्।

पछि पूरा नामावली राख्ने गरी अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।कांग्रेसले क्रियाशील सदस्यको सूची पनि यसअघि नै वेबसाइटमा राखेको थियो।

आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स