12.1 C
Kathmandu
Monday, January 19, 2026
spot_img

नेपाल खेलकुद महासंघद्वारा झापामा सामुहिक धान रोपाइ कार्यक्रम सम्पन्न

झापा । नेपाल खेलकुद महासंघले देशव्यापी रुपमा शुरु गरेको ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान अन्तर्गत झापामा सामुहिक धान रोपाइ कार्यक्रम आयोजना गरिएको छ ।

झापाको दमक नगरपालिका–२ स्थित महासंघका स्थायी कमिटी सदस्य समेत रहेका राजकुमार थापाको खेतमा आज महासंघले बेठी लगाएर पञ्चेबाजासहित सामुहिक धान रोपाइ कार्यक्रम आयोजना गरेको छ। कृषि पेशालाई प्रोत्साहन गर्ने उद्धेश्यले नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघले झापामा सामुहिक धान रोपाइको आयोजना गरेको जनाएको छ ।

महासंघका केन्द्रिय उपाध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्य रहेको सामुहिक धान रोपाइ कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्य होम बहादुर थापा, पार्टी जिल्ला कमिटी सदस्य अम्बिका खनाललगायत महासंघका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स