12.1 C
Kathmandu
Monday, January 19, 2026
spot_img

बारामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

बारा । बारामा हात्तीकोे आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । शुक्रवार कलैया उपमहानगरपालिका वडा नम्वर २ औधापुरका ४० वर्षिय रामदेव पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगली हात्तीको आक्रमणमा परेका पटेललाई उपचारको लागि कलैया अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।गाउँमा प्रवेश गरेका जङ्गली हात्तीलाई नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जको टोलीलाई खवर गरेको प्रहरीले जनाएको छ । निकुञ्ज टोलीले हात्ती नियन्त्रणमा लिन घटनास्थल वरिपरिको ठाउलाई घेरा हाली खोजविन कार्य तिव्र बनाईएको प्रहरी नायव उपरिक्षक मिश्र बताउछन ।

हात्ती गाउँमा प्रवेश गरेकोले त्यस वरिपरिका वडा नम्वर १,२,३,४,५ घना बस्ती भएकोले कुनै मानविय क्षती नहोस भनेर सव जनालाई सर्तक रहन प्रशासनले आग्रह गरेको छ । घटनास्थलबाट करिव १५ किलोमिटर उत्तर दिशामा पर्ने पिलुवाको जङ्गलबाट हात्ती गाउँमा प्रवेश गरेको हुन सक्ने नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउछन । जङ्गलमा पानीको बहाव बढि भएकोले जङ्गली जनावारहरु सुरक्षित वाँसस्थान खोज्न गाउँसम्म आएको हुन सक्ने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स