27.2 C
Kathmandu
Sunday, June 28, 2026
spot_img

स्थानिय तहका जनप्रतिनिधिहरु भन्छन्ः कोरोना रोकथाम बाहेक अरु सोंच्नै भ्याएका छैनौं

काठमाडौं । कोरोना संक्रमण रोकथाममा पालिकाहरुले योजना बनाएर काम गर्दै आएका छन् । अधिकाशं पालिकाहरुले रोकथामलाई पहिलो प्राथमिकता दिएका हुन् । वडा देखि नगरपालिकासम्मले आइसोलेसन कक्ष स्थापना देखि कोरोना परिक्षण सम्मका कार्यहरु गरेका छन् ।

काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले कोरोना रोकथामलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । संक्रमण रोकथाममा कोभिड प्रतिकार्य टीम गठन गरेको पालिकाले अत्याधुनिक आइसोलेसन कक्ष स्थापना पनि गरेको छ । कोभिड र ननकोभिडका लागि २४ सैं घण्टा एम्बुलेन्स सेवा सुरु गरीएको बताउनुभयो । उहाँका अनुसार गोकर्णेश्वर नगरपालिकामा संक्रमण रोकथामदेखि होम आइसोलेसनमा बस्दै आएका संक्रमितहरुको अवस्थाबारे बुझ्न नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु खटिएका छन् ।

यस्तै, टोखा नगरपालिका वडा नम्वर पाँचका अध्यक्ष जगन्नाथ ढकालले संक्रमण रोकथामका लागि वडा वडामा नै एन्टिजेन परिक्षणको दायरा बढाइएको बताउनुभयो । उहाँले एन्टिजेन परिक्षण निशुल्क गर्दै आएको भन्दै कसैलाई संक्रमण देखिए हाम्रो पालीकाले बनाएको आइसोलेसनमा पनि पठाएको बताउनुभयो । उहाँले संक्रमण रोकथामका लागि जनचेतनाका कार्यक्रमहरु पनि अघि बढाइएको जानकारी दिनुभयो । वडाबासीमा कसैलाई लक्षण देखिए, कुनै अफ्ठेरो परे जुनसुकै बेला हामी वडाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न सक्ने बताउनुभयो ।

लमजुङको दूधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङले संक्रमितहरुको लागि अक्सिजन सहितको १५ शैया व्यवस्था गरिएको बताउनुभयो । आइसोलेसन बेड बनाइएको जानकारी दिदैं गाउँपालिकाका अध्यक्ष गुरुङले वडा वडामा गएर रुघाखोकि, पखालाका औषधि पनि वितरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स