23.1 C
Kathmandu
Monday, September 7, 2026
spot_img

ड्रिम हब प्रा.लि.ले नयाँ एप “कामकाज” सार्वजनिक गर्दै, रोजगारिको क्षेत्रमा नयाँ सनसनी सिर्जना गर्ने दाबी

काठमाडौं । ड्रिम हब प्रा.लि.ले रोजगारसँग सम्बन्धित नयाँ एप “कामकाज” निर्माण गरि प्रयोगमा ल्याउने घोषणा गरेको छ । नेपाली युवाको रोजगारी समस्या समाधान गर्न यो एपलाई क्रान्तिकारी कदमका रूपमा लिइएको ड्रिम हब प्रा.लि.ले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल थापाले यस “कामकाज” नामक एपलाई “नयाँ सनसनी” भनी व्याख्या गरेका छन्। त्यस्तै, कम्पनीका प्रबन्ध निर्देशक (एमडी) कृष्ण श्रेष्ठले पनि “कामकाज”ले नेपाली युवाहरुलाई स्वदेशमै रहन प्रेरणा दिने बताएका छन । उनले भने, “कुनै समय मैले पनि देश छोड्नुपरेको थियो, तर अबको पुस्ताले यहाँ नै अवसर पाउनेछन्।” यो एपमा पूर्णकालीन, आंशिककालीन, र हातहातमा नगद पाउने रोजगारीका अवसर उपलब्ध हुनेछन्। कम्पनीले चाँडै नै थप विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ। थप जानकारीका लागि प्रा.लि. ले अपडेट गराउँदै जाने बताएको छ ।

प्रतिक्रिया

हेडलाइन्स