27.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

नुवाकोट तारकेश्वर गाउँपालिकाद्धारा नीति तथा कार्यक्रम बजेट र केही ऐनहरू बहुमतले पास

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले नीति तथा कार्यक्रम बजेट र केही ऐनहरू बहुमतले पास गरेको छ । सोमबार गाउँपालिकाको सभाहलमा बसेको तारकेश्वर गाउँपालिकाको अधिवेशनको सभाले आर्थिक वर्ष ८१/८२ को लागि सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष शिव अधिकारीले पेश गरेको नीति तथा कार्यक्रम कार्यपालिका सदस्य एवं ५ नम्बर वडा अध्यक्ष अशोक तामाङले पेश गरेको बजेट र विधेयक समितिका संयोजक अप्सरा दर्जीले पेश गरेको केही विधेयकहरू बहुमतले पास गरेको छ ।

तारकेश्वर गाउँपालिकामा रहेका ३२ जना कार्यपालिका सदस्यमध्ये दशौं गाउँसभामा उपस्थित भएका मध्ये १८ जना कार्यपालिका सदस्यले पेश गरेको नीति तथा कार्यक्रम कार्यपालिका सदस्य तामाङले पेश गरेको ४२ करोड ७० लाख ५२००० को अनुमानित बजेट र कार्यपालिका सदस्य दर्जीले पेश गरेको मिडिया सञ्चालन सम्बन्धी विधेयक बालुवा तथा कर्सर दर्ता तथा सञ्चालन सम्बन्धीको विधेयकलाई जस्ताको तस्तै बहुमतले पास गरेको हो।

सोमबारको लागि बोलाइएको गाउँसभामा केही कार्यपालिका सदस्यहरु तथा अन्य गाउँसभासँग असम्बन्धित व्यक्तिहरूको अवरोधको बीच बसेको सभामा असार ९ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार अध्यक्षबाट नीति तथा कार्यक्रम पेश भएसँगै सोमाथि छलफल गर्दै जस्ताको तस्तै पास गरिएको हो।

उक्त सभामा विधेयक समितिका संयोजक अप्सरा दर्जीले पेश गरेका केही कानुनी विधेयकहरूलाई पनि बहुमतले पास गर्दै दशौं सभा सम्पन्न भएको सभाध्यक्ष अधिकारीले उद्घोष गर्नुभयो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स