14.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

मेयर र उपमेयरबीच विवादका कारण गरुडा नगरपालिकामा दुई सातादेखि तालाबन्दी

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

रौतहट । रौतहटको गरुडा नगरपालिकामा जनप्रतिनिधिबीच विवाद हुँदा करिब दुई सातादेखि तालाबन्दी गरिएको छ । फरक(फरक बिषयमा असन्तुष्ट बनेका जनप्रतिनिधि र कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन् ।

फरक-फरक दलबाट विजय भएका गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवार र उपप्रमुख पुनमकुमारी चौधरीबीचको विवादका कारण स्थानीयले पाउनुपर्ने सेवा ठप्प बनेको छ ।

गरुडा नगरपालिकाका प्रमुख कलवारले एकलौटी निर्णय गरेको र अन्य पदाधिकारीलाई निषेध गरेको भन्दै उपप्रमुख चौधरीसहितको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

दुवैजना एक अर्काविरूद्व सार्वजानिक रूपमा आरोप(प्रत्यारोपमा उत्रिएका छन् । मेयर कलवार र उपमेयर चौधरीले एकअर्कामाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउँदै आएका छन् ।

उपप्रमुख चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्ना जारी छ । कार्यपालिकाको नियमित बैठक गर्नुपर्ने, नगरसभाका निर्णय सार्वजनिक गर्नुपर्ने लगायतका मागसहित जनप्रतिनिधि नै आन्दोलित भएका हुन् ।

पटक-पटक वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेपनि बिभिन्न किसिमका बहाना बनाई बदनाम गराउन खोजेको नगरपालिका प्रमुख कलवारको भनाई छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स