24.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी बिदा

दाङ । लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी हुँदा विदा दिइने भएको छ । २२ भदौमा प्रदेशसभाबाट पारित भएको प्रदेश निजामती सेवासम्बन्धी विधेयक प्रदेश प्रमुख अमिक शेरचनले २१ मंसिरमा प्रमाणीकरण गरेका छन् ।

उक्त ऐनको दफा ११७ को (१) (ग) मा ‘महिनावारी बिदा’ को व्यवस्था उल्लेख छ । कति दिन बिदा दिने भन्नेबारे नियमावलीमा तोकिनेछ । यो बिदाको कार्यान्वयन भने सरकारले नियमावली बनाएपछि हुनेछ ।

महिला अधिकारकर्मी रुवी खानले महिनावारीका बेलामा विदा नै दिनु उपयुक्त नभएको बताइन् । नेपालमा त्यसै पनि विदाहरु धेरै भएको अवस्थामा महिनावारीमा विदा दिने कुरा सस्तो लोकप्रियता मात्रै हुने खानको तर्क छ ।

‘नेपाली महिलाहरुले गर्भवती अवस्थामा समेत काम गरिरहेका छन् भने महिनाबारी हुँदा विदामा बस्नुपर्दैन’, खानले भनिन्, ‘महिलाहरुले महिनावारी हुँदा विदा चाहिन्छ भनेर माग पनि गरेका थिएनन्, सरकारले सस्तो लोकप्रियताका लागि विदा दिनुभन्दा महिलाका मुद्दामा कहींपनि अन्याय हुन नदिने विषयमा संवेदनशील हुन जरुरी छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स