27.3 C
Kathmandu
Thursday, June 4, 2026
spot_img

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशको नेतृत्वमा जवाहरलाल यादव चयन

सर्लाही। स्थानीय तहका जनप्रतिनिधिको छाता सङ्गठन गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जवाहरलाल यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

१५ सदस्सीय कार्यसमितिको उपाध्यक्षमा पटेर्वा सुगौली गाउँपालिका पर्साकी ममता महतो चयन हुन भएको छ । कार्यसमितिको सचिवमा बरियारपट्टी सिराहाका सन्तोषकुमार महतो, सहसचिवमा बसवरिया सर्लाहीकी सरिताकुमारी साह तथा कोषाध्यक्षमा विन्दवासिनी पर्साकी ज्योति चौरसिया हुनुहुन्छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश समन्वय समितिका अधिकृत मनोजकुमार साहका अनुसार मधेस प्रदेशका ८ जिल्लामा रहेका गाउपालिकामा प्रतिनिधित्व गर्ने दल तथा पद सङ्ख्याको आधारमा सिट बाँडफाँट गरी नयाँ कार्यसमिति चयन गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स