26.1 C
Kathmandu
Friday, April 24, 2026
spot_img

अपाङ्ग अधिकारका निम्ति देशव्यापी आन्दोलन गर्ने : प्रचारप्रसार प्रमुख गुप्ता

महोत्तरी । नेपाली कांग्रेस मधेस प्रदेश सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले प्रतिनिधि सभापति र प्रदेश सभामा सावेशीको निर्वाचन आयोगले अपाङ्ग आरक्षण कोटा व्यवस्था नगरेकोमा अपाङ्गलाई भेदभाव गरेकोमा गम्भीर आपती जनाउनुभएको छ ।

राष्ट्रिय अपाङ्ग माहासंघ तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन महोत्तरी गौतम होटलमा आयोजित उदघाटन समारोह कार्यक्रममा बोल्दै उहाँले स्थानीय निकायले निर्देशिका विपरीत अपाङ्ग परिचयपत्र वितरण गरि राज्यको पैसा दुरुपयोग गरेको यसको छानबिन हुनुपर्ने बताउनुभयो ।

साथै उहाँले देशमा अधिकारका निम्ति हजारौं ,लाखौं अपाङ्गहरु अधिकारका निम्ति देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिनु भयो । राजनीतिमा सवालमा लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस नै अधिकार सुनिश्चित गर्नु भएको बताउनु भयो ।

यस कार्यक्रममा ८ जिल्ला बाट ९० जना प्रतिनिधिहरुको सहभागी भ एका थिए । सयौं अपाङ्गता भएको व्यक्तिहरु सहभागी उत्साह जनक पुर्वक सहभागी भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स